Sundar Haraicha Municipality, Gothgaun, Morang, Nepal
Sun -Fri, 10:00 AM - 5:00 PM
(+977)021-426009 / 021-590833

Opening Hour

Sun -Fri, 10:00 AM - 5:00 PM

स्नातक तह सःशुल्क तर्फको दोश्रो चरणको पून:म्याचिङको भर्ना सम्बन्धि अत्यन्त जरुरी सूचना

2080-02-28

चिकित्सा शिक्षा आयोगद्वारा मिति २०८०/०२/२६ मा प्रकाशित भएकोे चिकित्सा शिक्षा स्नातक तहको सःशुल्कतर्फ  दोश्रो चरणको पून:म्याचिङको  (Rematching) नतिजा तथा विद्यार्थी भर्ना सम्बन्धि सूचना अनुसार पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गतका आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पस÷कलेजहरुमा भर्नाका लागि छनौट भएका सफल विद्यार्थीहरुलाई मिति २०८०/०२/२८ गते भित्र पू.वि चिकित्साशास्त्र संकाय, गोठगाउँ, मोरङ्गमा उपस्थित भई अथवा यस संकायको अधिकारिक एडमिसन पोर्टल मार्फत भर्ना प्रक्रिया पुरा गर्नहुन सम्बन्धित सबैमा यो सूचना प्रकाशित गरिन्छ ।

 

स्नातक तह सःशुल्क तर्फको भर्ना सम्बन्धि अत्यन्त जरुरी सूचना

2080-02-21

चिकित्सा शिक्षा आयोगद्वारा मिति २०८०/०२/१९ मा प्रकाशित भएकोे चिकित्सा शिक्षा स्नातक तहको सःशुल्कतर्फ दोश्रो चरणको (Matching) नतिजा तथा विद्यार्थी भर्ना सम्बन्धि सूचना अनुसार पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गतका आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पस÷कलेजहरुमा भर्नाका लागि छनौट भएका सफल विद्यार्थीहरुलाई मिति २०८०/०२/२४ गते भित्र पू.वि चिकित्साशास्त्र संकाय, गोठगाउँ, मोरङ्गमा उपस्थित भई अथवा यस संकायको अधिकारिक एडमिसन पोर्टल मार्फत भर्ना प्रक्रिया पुरा गर्नहुन सम्बन्धित सबैमा यो सूचना प्रकाशित गरिन्छ ।

 

बस्तुगत परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना ।

2080-02-20


पूर्वाञ्चल विश्वविद्यालय कार्यकारी परिषदको मिति २०७९/१२/१० गतेको निर्णय अनुसार तथा पू.वि. चिकित्साशास्त्र संकायको मिति २०७९/१२/१९ गते प्रकाशित पदपूर्ति गर्नका लागि सूचना प्रकाशन गरे अनुसार सह-प्राध्यापक तथा उप-प्राध्यापक करार सेवाका लागि लिइएको बस्तुगत परीक्षा (पूर्णाक ५०) को आधारमा सफल उमेद्वारहरलाई अन्तवार्ताका लागि संलग्न बिबरण बमोजिम सिफारिस गरिएको छ । यस अनुसार संलग्न बमोजिको उम्मेदवारहरुको पू.वि. चिकित्साशास्त्र संकायको निर्णय अनुसार सूचना टाँस गरिएको व्यहोरा सम्वन्धित सवैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

 

वार्षिक सेवा शुल्क बुझाउने सम्बन्धी अत्यन्त जरुरी सूचना

2080-02-08

पूर्वाञ्चल विश्वविद्यालयको नियमानुसार यस चिकित्साशास्त्र संकाय अन्तर्गतका सम्बन्धन प्राप्त क्याम्पसहरुले प्रत्येक ३÷३ बर्षमा विश्वविद्यालयबाट सम्बधन नवीकरण गराएरमात्र कार्यकम संचालन गर्नु पर्ने भन्ने नियमानुसार तथा पू.वि. सम्बन्धन सम्बन्धी नीति, शर्त, प्रकृया २०७३ को अनुसूचि ८ बमोजिम प्रत्येक आर्थिक बर्षमा बुझाउनु पर्ने सेवा शुल्क हालसम्म पनि प्राप्त नभएको हुँदा पूर्वाञ्चल विश्वविद्यालयले निर्धारण गरेको अस्थायी सम्बन्धन नवीकरण शूल्क तथा वार्षिक सेवा शुल्क मिति २०८०÷०३÷०७ गते भित्र तपसिल बमोजिमको खातामा बुझाई सो को सक्कलै भाउचर सहितको पत्र यस संकायमा पठाउनहुन यो सूचना प्रकाशित गरिएको छ । साथै बुझाउन बाँकी रहेको शुल्क पनि यसै सूचनालाई आधारमानी बुझाउनहुन समेत जानकारी गराइन्छ ।